आगामी प्रतिनिधिसभा समानुपातिक मतपत्रमा सूर्य पहिलो, रुख दोस्रो र तारा तेश्रो क्रममा रहने - swadeshpost.com
२७ मंसिर, माडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मतपत्रमा सूर्य पहिलो, रुख दोस्रो र पाँचकुने तारा तेश्रो क्रममा रहने भएको छ । त्यस्तै, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता र सातौँमा लाउड स्पिकर चुनाव चिन्ह निर्धारण गरिएको छ । निर्वाचन आयोगले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा दललाई क्रमसङ्ख्या र चुनाव चिन्ह प्रदान गरेको हो । अन्य दललाई दर्ताको आधारमा चिन्ह तोकिएको आयोगले जनाएको छ । निर्वाचनका लागि १०० दलले आवेदन दिए पनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिन निवेदन दिएका कारण कूल ९३ वटा निर्वाचन चिन्ह कायम गरिएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताउनुभयो । आयोगले दलहरुलाई पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिन्ह तोकिएको जनाएको छ ।