Redirecting...

कविता : फेरि यस्तो कविता लेख्नु नपरोस् - sahityapost.com

कविता : फेरि यस्तो कविता लेख्नु नपरोस् - sahityapost.com
Source: shpt

नागरिकता बनाएको भोलिपल्टै पासपोर्टको दौडअथवा— आईएल्टएस र पीटीईको तयारी गर्नुपर्नेअनि, अपरिचित विदेशी भाषाका कक्षाहरूमा जोडिनुपर्ने !यो मेरो देशको बाध्यता हो कि हामीलाई थिचिदिएको विवशताको बोझ ? हाम्रा दाजुभाइ दिदीबहिनीहरूलेरगत–पसिनाले विदेशी भूमि सिञ्चित गरिरहेका छौँकहिलेसम्म वैदेशिक भट्टीको तापमाअल्पकालीन विप्रेषणको न्यानो खोजिरहने हामी ? मेरो देशको नवप्रवर्तन, सिर्जनशीलता र क्षमतालाईवैदेशिक भूमिको कारखानामा चिच्याइ–चिच्याइ खपत भइरहेछतर यहाँ— पहाडका बारीका पाटा दिनदिनै सुक्दै छन्तराईको लह–लह धान झुल्न कठिन मान्दै छहिमालको मोती पत्थरले प्रतिस्थापन गर्दै छ ! जन्तीमा रमझम हराउँदै छलास बोक्ने मलामीसम्म नहुनु कति गम्भीरअन्तरमनको ब्रह्मलाई सोच्ने कहिले ?कतिका सपनाहरू पूरा भएकतिका अधुरै मर्दै गएकसलाई थाहा ? देशमा के छैन ?सबै छ—त्यो पनि थाहा छ सबैलाई,तर एउटा कुराको पक्कै कमी छइच्छाशक्तिको !उपाय पनि कहाँ छैन र ?कागजका प्राथमिकतामामञ्चका भाषणमा, र भोजको चहलपहलमासबै उपाय चम्किरहेका छन् कागजमा मसीले । त्यसैले भन्नै पर्ने भयोफेरि यस्तै कविता लेख्नु वा देख्नु नपरोस् । The post कविता : फेरि यस्तो कविता लेख्नु नपरोस् appeared first on साहित्यपोस्ट.