Redirecting...

सन्दीपले बिपिएल खेल्ने - ehimalayatimes.com

सन्दीपले बिपिएल खेल्ने - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्ने हुनुभएको छ । उहाँले राजशाही वारियर्सबाट बिपिएल खेल्न लागेको जनाइएको छ । राजशाही वारियर्सले सन्दीपलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । राजशाही वारियर्सका अधिकारीले सन्दीपको लामो अ राजशाही वारियर्सले बिपिएल सुरु हुनु केही समयअघि सन्दीपलाई अनुबन्ध गरेको जानकारी दिएको हो । सन्दीपले यसअघि पनि बिपिएल खेलिसक्नुभएको छ । उहाँले यसअघि सिलहट सिक्सर्सबाट बिपिएल खेल्नुभएको थियो । उहाँले २०१८/१९ को संस्करणमा ६ खेलमा चार विकेट लिनुभएको थियो । राजशाही वारियर्सले बिपिएलमा यही संस्करणदेखि पुनरागमन गर्न लागेको हो । अनुभवी स्पिनर सन्दीपको आगमनले टोलीको बलिङ आक्रमण सशक्त हुने वारियर्सको विश्वास छ । सन्दीपले राजशाही वारियर्समा अनुबन्ध हुन पाउँदा खुसी र सम्मानको अनुभूति गरेको बताउनुभएको छ । ‘राजशाही वारियर्सको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो । अपार साथ, सहयोग र समर्थनका लागि सबैप्रति आभारी छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेख्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आउनुभएका सन्दीपले नेपालको जर्सीमा ६८ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्दै १२९ विकेट लिनुभएको छ । सन्दीपको कप्तानीमा विराटनगर किङ्सले एनपिएलको प्लेअफसम्मको यात्रा तय गरेको थियो । एनपिएलको उत्कृष्ट बलर चुनिनुभएका सन्दीपले आठ खेलमा १७ विकेट लिँदै सुदूरपश्चिम रोयल्सका अभिनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लसँगै संयुक्तरूपमा पहिलो स्थानमा रहनुभएको थियो । राजशाही वारियर्सले सन्दीपसँगै नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी न्युजिल्याण्डका अलराउण्डर जिमी निसमलाई पनि अनुबन्ध गरेको छ । वारियर्समा मोहमद नवाज, साहिबजादा फरहान, हुसेन तलत, बिनुरा फर्नान्डो, दुसान हेमन्था र जहाँदाद खान आबद्ध हुनुभएको छ । यस्तै, स्थानीय खेलाडीमा तनजिद हसन तमिम, नजमुल हुसेन, शान्तो मुस्फिकुर रहिम र अकबर अली रहनुभएको छ ।