गजलकार राहुल शंकरको ‘नयाँ अध्याय’ लोकार्पण - sahityapost.com
काठमाडौँ । गजलकार राहुल शंकरको गजलसङ्ग्रह ‘नयाँ अध्याय’ लोकार्पण भएको छ । ‘द मार्जिन’ प्रकाशनले बजारमा ल्याएको उक्त कृति सर्वनाम थिएटरको प्रेक्षालयमा आयोजित कार्यक्रममा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले संयुक्त रूपमा लोकार्पण गर्नुभएकाे हाे । कार्यक्रममा बोल्दै प्रकाश आङ्देम्बेले नागरिकता बोक्नेहरूले हाँस्दै देश छोड्ने र नागरिकता नहुनेहरूले रुँदै देश छोड्ने यथार्थसँग कृतिका गजलहरू जोडिएका उल्लेख गर्दै राहुल शंकरका सिर्जनामा देशप्रेम र सामाजिक चेतना प्रस्ट देखिने बताउनुभयाे । त्यस्तै, गजलकार शितल कादम्बिनीले ‘नयाँ अध्याय’ समकालीन नेपाली गजलको परिदृश्यमा एक सशक्त र उल्लेखनीय कृति भएको धारणा राख्नुभयाे । कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न कार्यक्रममा कृतिबाट कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले गजल वाचन गर्नुभएकाे थियाे । The post गजलकार राहुल शंकरको ‘नयाँ अध्याय’ लोकार्पण appeared first on साहित्यपोस्ट.