Redirecting...

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - www.onlinepana.com

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - www.onlinepana.com
Source: onpa

काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम दिन हो। कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। उक्त सेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। The post बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).