Redirecting...

इलेक्ट्रीक स्कुटरको ४ फाइदा, सहरमा प्रयोग बढ्दै - www.meroauto.com

इलेक्ट्रीक स्कुटरको ४ फाइदा, सहरमा प्रयोग बढ्दै - www.meroauto.com
Source: meau

काठमाडौं । विद्युतीय दुई पाङ्ग्रे साधनको बिक्री अपेक्षा अनुसार हुन सकेको छैन । विशेषगरी मोटरसाइकल वा पेट्रोल स्कुटरमै लामो यात्रा गर्ने योजना धेरैले बनाउँदा विद्युतीय दुई पाङ्ग्रेको बजार बढ्न नसकेको देखिन्छ । चार पाङ्ग्रे साधनमा ७० प्रतिशत हाराहारी ईभीको हिस्सा पुग्दा दुई पाङ्ग्रेमा केबल ४ प्रतिशत मात्रै देखिएको छ । यसले विद्युतीय दुई पाङ्ग्रेमा उपभोक्ताको क्रेज बन्न सकेको छैन । विद्युतीय मोटरसाइकलमा त कुनै किसिमको आकर्षण नै छैन । तर, स्कुटरको हकमा भने क्रमिक रूपमा सुधार हुँदै गएको अनुमान गर्न सकिन्छ । नेपालमा दुई पाङ्ग्रे साधन उपलब्ध गराउने ठूला ब्राण्ड टीभीएस र बजाजसँगै भारतीय इलेक्ट्रीक ब्राण्ड एथरको स्कुटर उपलब्ध भएसँगै बजारमा राम्रै चहलपहल बढेको अनुमान गर्न सकिन्छ । नेपालमा अधिकांश सहरहरू साना र छोटो दुरी यात्रा गर्दा पुग्ने खालका छन् । त्यस्ता सहरमा दुई पाँङ्ग्रे इलेक्ट्रीक साधन प्रयोग निकै सहज र कम खर्चिलो हुन्छन् । काठमाडौं उपत्यकाकै हकमा एकजना व्यक्तिले औसत दैनिक ३० किलोमिटर हाराहारी मात्रै यात्रा गर्ने गर्छन् । काठमाडौं, पोखरा, भरतपुर, इटहरी, विराटनगर, नेपालगंज, धनगढी, विर्तामोड, धरान, दमक जस्ता सहर इलेक्ट्रीक स्कुटर निकै फाइदाजन हुन्छन् । साथै, ईभी शून्य प्रदूषण उत्सर्जन गर्ने साधन भएको कारण यसको प्रत्यक्ष र अप्रत्यक्ष लाभ धेरै नै छन् । यहाँ हामीले प्रत्यक्ष लाभ पाइने ४ विषयमा चर्चा गरेका छौं । सस्तो यात्रा कम खर्चमा धेरै यात्रा गर्न पाइने भएको कारण ईभीमा चासो र चर्चा दुवै बढ्दै गएको पाइन्छ । सानो सहरहरुमा दैनिक ३०/४० किलोमिटर यात्रा गर्दा रेगुल आइसीई इन्जिन भएका स्कुटरमा २०० रुपैयाँ हाराहारीको पेट्रोेल खर्च हुन्छ । तर, त्यही ३०/४० किलोमिटर यात्रा गर्न विद्युतीय स्कुटरमा १५ रुपैयाँको बिजुली खर्च गरे पुग्छ । शान्त र स्मुथ राइड विद्युतीय साधन भन्ने बित्तिकै कुनै पनि किसिमको आवाज नआउने साधन बुझ्न सकिन्छ । यसले शान्त राइड गर्न मद्दत पुग्नेछ । इलेक्ट्रीक मोटरले एकदमै कम समयमा छिट्टो पावर प्रदान गर्ने भएको कारण स्मुद राइडिङ प्रदान गर्छ । टेक फिचर र सुरक्षा फिचर विद्युतीय स्कुटरहरू टेक्नोलोजीको मिश्रणबाट निर्माण गरिएका हुन्छन् । कारमा हुने जस्ता अटो होल्डदेखि रिभर्स गियरसम्म भएका स्कुटर बजारमा छन् । सुरक्षालाई पनि ध्यानमा राखेर ईभी स्कुटर तयार पारिएका छन् । मर्मत खर्च कम विद्युतीय स्कुटरहरु चलाउँदा पेट्रोलको खर्च कम लाग्ने मात्र होइन मर्मत खर्च पनि निकै कम लाग्छ । पेट्रोल स्कुटरको तुलनामा निकै कम मात्र मुभिङ पार्ट्स हुने भएकाले खर्च कम हुन्छ । स्कुटरहरूमा धेरै खर्चिलो हुने इन्जिन आयल, फिल्टरहरु लगायतका खर्च बचत ईभीमा गर्नु पर्दैन । साथै, इलेक्ट्रीक स्कुटरहरु वर्षमा २ पटक भन्दा बढी सर्भिस सेन्टरमा लानै पर्दैन । यसले समय र पैसा दुवै बचत हुन्छ । कसरी छनोट गर्ने राम्रो ईभी ब्रान्ड ? एक समय नेपालमा ईभी दुई पाँङग्रे आयात गर्ने फेसन नै चल्यो । विभिन्न देशका ८० भन्दा धेरै ब्रान्ड नेपाल आए । यसले उपभोक्तालाई कुन ब्रान्ड राम्रो भन्ने अन्योल नै बनायो । अहिले ती ब्रान्डहरू धेरै बन्द भइसकेका छन् । अहिले चल्तीका र आफूले किन्न चाहेको ब्रान्डको सर्भिस कस्तो छ भन्ने बुझेर ब्राण्ड छनोट गर्दा हुन्छ । पार्टसको उपलब्धता र बिक्रेता कम्पनीको विगतलाई हेरेर निर्णय लिएको खण्डमा पछि पछुताउनु पर्दैन । The post इलेक्ट्रीक स्कुटरको ४ फाइदा, सहरमा प्रयोग बढ्दै appeared first on Meroauto.