पुराना दलप्रति वितृष्णा बढ्दा नयाँ दलको उदय, नयाँ अनुहारको प्रवेश - farakdhar.com
Source: FRDH
गत २३ र २४ भदौको जेनजी विद्रोहले नेपाली राजनीतिमा ठूलै भूकम्प गयो । जसले तत्कालीन सत्ता मात्रै पल्टिएन, सडकबाट उठेको युवाको आक्रोश, पुराना दलप्रति बढ्दो असन्तुष्टि र नेतृत्व फेरबदलको सामूहिक हुटहुटीले अहिले मुलुकभर नयाँ राजनीतिक दलहरू उमारिन थालेका छन् । कलाकार देखि जेनजी अगुवा र सामाजिक अभियन्तासम्म राजनीति प्रवेशको लहर सुरु भएको छ । उनीहरूको आगमन केवल लोकप्रियताका लागि गरिएको ‘स्टन्ट’ मात्रै होकि, दीर्घकालीन नीतिगत सुधार, पेसागत क्षेत्रका समस्याको समाधान र नागरिक अधिकारका मुद्दामा प्रत्यक्ष हस्तक्षे...