Redirecting...

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएन : मन्त्री गुप्ता - corporatesamachar.com

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएन : मन्त्री गुप्ता - corporatesamachar.com
Source: copr

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएकाले अत्यावश्यक बाहेकका अन्य कामहरु गर्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले सडक दुर्घटना न्यूनीकरणका लागि धेरै काम गर्न बाँकी रहेको बताए । ट्राफिक लाइट जडान तथा सडक लेनसँग जोडिएको विषयलाई आर्थिक अभावकै कारण सरकारले तत्काल सम्बोधन गर्न नसक्ने उनको भनाइ थियो । तर, उनले स्रोतले भ्याएसम्म ट्राफिक प्रहरीका समस्याहरु समाधान गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘सरकारले गर्नुपर्ने केही भौतिक संरचनाको कुराहरु छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको विषय पनि सम्बोधन गर्नुपर्ने छ । तर, सरकार अहिले आर्थिक रुपमा कमजोर अवस्थामा भएको कारण चाहेको सबै कामहरु गर्न सकिरहेको छैन् । हामीसँग भएको स्रोत साधनले जति हुन्छ समस्याहरु साधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ ।’ यस्तै, उनले ट्राफिक र सवारी चालकहरुले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राखेर अघि बढ्नुपर्नेमा जोड दिए । खेलकुदसँगै युवा मन्त्रालय पनि आफ्नो जिम्मेवारी भएकाले अब युवालाई ध्यान दिएर सबै क्षेत्रमा अगाडि बढ्ने उनले धारणा राखे ।