Redirecting...

साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न - sahityapost.com

साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न - sahityapost.com
Source: shpt

चितवन । चितवनको अग्रणी साहित्य संस्था, साहित्य सङ्गम चितवनले आफ्नो १२औँ अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले सर्वसम्मत रूपमा शशिकिरण रेग्मी ( शर्मा) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा विद्या भण्डारी (चिराग), सचिवमा लीलाधर पौडेल र कोषाध्यक्षमा सूर्यवदना हमाल रहनुभएकाे छ । त्यस्तै, सदस्यको रूपमा प्रकाश चापागाईं, डा. धनेश्वर भट्टराई, हरिप्रिया रिजाल, होमनाथ घिमिरे, सञ्जीव पौडेल, कृष्णबहादुर विक (सतिसाल) र रामशरण थपलिया चयन हुनुभएकाे छ । अधिवेशन भरतपुर महानगरस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो, जसमा प्रमुख अतिथि उपकुलपति इन्द्रप्रसाद रेग्मी रहनुभएको थियो। कार्यक्रमको क्रममा साहित्य सङ्गमलाई निरन्तर सहयोग गर्ने समाजसेवीहरूलाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे भने आजीवन सदस्यता लिने व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साहित्य सङ्गम चितवनका नयाँ नेतृत्वले आगामी समयमा संस्थाका कार्यक्रमहरूलाई अझ सशक्त बनाउँदै साहित्यिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ। The post साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न appeared first on साहित्यपोस्ट.