टी–२० विश्वकप २०२६ ट्रफी नेपालमा ल्याइँदै - www.sutranews.com
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुर थालिएको छ । भारतबाट सुरु गरिएको ट्रफी टुर एसियाका विभिन्न देशमा लगिनेछ । जसअनुसार भारतसहित नेपाल, श्रीलंका, कतार, ओमान, बहराइन र मङ्गोलियामा टी–२० विश्वकपको ट्रफी ल्याइनेछ । टुरको क्रममा लाखौं फ्यानलाई ट्रफी नजिकबाट हेर्ने अवसर दिइने आईसीसीले जनाएको छ । साथै, ट्रफीलाई आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा भाग लिने खेलाडीसँग सम्बन्धित स्कूल र कलेजहरूमा पनि लगिने बताइएको छ । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने टी–२० विश्वकपको दशौं संस्करणमा २० टिमले सहभागिता जनाउने छन्। समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालले आफ्नो पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। नेपालको विश्वकपमा खेल नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई