डा.अख्तरको नेतृत्वमा ‘क्यान्सर चेकअप शिविर’ सम्पन्न - farakdhar.com
Source: FRDH
नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआईएचएस)ले क्यान्सर रोगप्रति जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको ‘क्यान्सर चेकअप शिविर’ सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका-२७ को संयोजनमा शनिबार जमलस्थित विश्वज्योती हलमा आयोजना भएको उक्त शिविरमा करिब २०० जनाभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको उक्त शिविरमा सहभागी सर्वसाधारणको क्यान्सरको प्रारम्भिक चेकअप गरिएको थियो । क्यान्सर रोग विशेषज्ञ डा.समिम अख्तरको नेतृत्व शिविरमा सञ्चालन भएको थियो । क्यान्सरको प्रारम्भिक स्क्रिनिङले क्य...