Redirecting...

शेखर काेइरालाले भेटे शेरबहादुर देउवालाई, माग पूरा नभए महाधिवेशन प्रक्रियाअघि बढ्न नसक्ने चेतावनी - www.sutranews.com

शेखर काेइरालाले भेटे शेरबहादुर देउवालाई, माग पूरा नभए महाधिवेशन प्रक्रियाअघि बढ्न नसक्ने चेतावनी - www.sutranews.com
Source: sutr

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच भेटघाट भएको छ। क्रियाशील सदस्यता वितरण समितिले नम्बरबिनाका फारम जिल्ला-जिल्ला पठाएको घटना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न पुगेका हुन् । नेता कोइरालाले क्रियाशिल वितरण समितिले नम्बरबिनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिनानम्बरका ति फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिनानम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने जानकारी गराए । अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरि पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका विषयलाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियाे ।