चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले कलाम अलीलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ । अलीले यस अघि पनि घरेलु क्रिकेटमा विभिन्न टिमलाई प्रशिक्षण दिएका छन् । उनी महिला यू-१९ टिमको समेत प्रशिक्षक बनिसकेका छन् । चितवन राइनोजले अघिल्लो सिजन खेलेका ६ खेलाडीलाई रिटेन गरेको छ । जसमा मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन् । एनपीएलको दोस्रो सिजनको खेलाडी अक्सन साउन २४ गते हुदैछ । The post चितवन राइनोजको मुख्य प्रशिक्षकमा कलाम अली नियुक्त appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.