वानखेडेमा मेस्सी र तेन्दुलकरबीच भेटवार्ता - ehimalayatimes.com
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरबीच भेटवार्ता भएको छ । आइतबार वानखेडे स्टेडियममा मेस्सी र तेन्दुलकरबीच भेटवार्ता भएको हो । मेस्सीसँगको फोटो सामाजिक सञ्जालमा राख्दै तेन्दुलकरले लेख्नुभएको छ, ‘आजको दिन १०र१० थियो ।’ यो पोस्ट उनले मेस्सीसँगको भेटलाई समर्पित गर्दै गरेका हुन्। भेटको दौरान, मेस्सी र सचिन एक अर्कासँग आफ्ना खेलकुदका अनुभवहरू, प्रेरणा आदानप्रदान गर्नुभएको थियो । भेटमा सचिनले मेस्सीलाई आफ्नो नाम अंकित टिम इन्डियाको विश्वकप जर्सी उपहार दिनुभएको थियो । सचिन र मेस्सीबीचको भेटले खेलकुदका दुनियाँभरिका फ्यानहरूलाई एक नया दृष्टिकोण र प्रेरणा प्रदान गरेको छ। दुई फरक खेलका दिग्गज एउटै मञ्चमा देखिँदा उपस्थित दर्शकहरू उत्साहित बनेका थिए। वानखेडे स्टेडियममा मेस्सीको आगमनसँगै दर्शकदीर्घाबाट ‘बार्सिलोना, बार्सिलोना’को नारा गुन्जिएको थियो। एफसी बार्सिलोनाबाट लामो समय खेलेका मेस्सीप्रति भारतीय समर्थकहरूको मोह कार्यक्रममा स्पष्ट देखिएको थियो। स्टेडियमभरि मेस्सीको नाममा नाराबाजी भइरहँदा माहोल निकै रोमाञ्चक बनेको थियो।