Redirecting...

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो - kendrabindu.com

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो - kendrabindu.com
Source: kend

बागमती। पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुर लगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रस्वासका बिरामी बढ्दै गएको छन् । चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धाहरु रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायत प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता बिरामीको चाप बढ्ेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनिया लगायतका बिरामी दैनिक ५० देखि ६० जनासम्म अस्पताल आउने गरेको उनले बताए । जिल्लाको मनहरि अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताललगायत ग्रामीण अस्पतालमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमु्ख किरण श्रेष्ठले जानकारी दिए ।