Redirecting...

सिक्न नसकेर हारेको नेपाल - nepalnews.com

सिक्न नसकेर हारेको नेपाल - nepalnews.com
Source: NPNW

दक्षिण अफ्रिकाका तीव्र गतिका पूर्वबलर डेल स्टेनले नेपाली क्रिकेटलाई पछ्याउन थालेको भर्खरै मात्र हो। दुई वर्षअघि वेस्ट इन्डिजमै आयोजना भएको सन् २०२४ को विश्वकपपछि उनले नेपाली क्रिकेटप्रति चासो देखाउन थालेका हुन्। त्यतिबेला नेपालले टी-२० विश्वकपमा उनकै देश दक्षिण अफ्रिकालाई कडा चुनौती दिएको थियो। पहिले नेपाललाई सिकारु टोलीको संज्ञा दिँदै आएका स्टेन खेल सकिएपछि नेपाली क्रिकेटका प्रशंसक बने। उक्त खेलमा पहिले ब्याटिङ गरेको अफ्रिकालाई नेपालले ११५ रनमा रोकेको थियो। प्रत्युत्तरमा जितको नजिकै पुगेको नेपाल मात्र एक रनले पराजित भयो। यो खेल हेरेपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो साँच्चिकै प्रतिस्पर्धात्मक खेल थियो। म सधैँ अन्डरडग टोलीको समर्थक हुँ। त्यसैले दक्षिण अफ्रिकी भएर पनि नेपाल जितेको हेर्न चाहन्थेँ।’ दुई वर्षपछि नेपालले हालै मुम्बईको वानखेडे रंगशालामा पुनः विश्व क्रिकेटको अर्को शक्तिशाली टोली इङ्ल्यान्डविरुद्ध यस्तै संघर्षपूर्ण र रोमाञ्चक खेल प्रदर्शन गर्‍यो। १८५ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमै रोकियो र चार रनको झिनो पराजय भोग्यो। टी-२० विश्वकपमा नेपालको लगातारको साहसिक प्रदर्शनले लोभिएका स्टेनले यो खेल हेरेपछि यतिसम्म भन्न भ्याए, ‘आवश्यक परे नेपाललाई जुनसुकै बेला सहयोग गर्न तयार छु।’ नेपाली क्रिकेटको विषयमा राम्रो प्रतिक्रिया दिने नामुद खेलाडीको सूचीमा उनी मात्र समावेश छैनन्। थुप्रै पूर्वक्रिकेटर तथा कमेन्टेटरले विश्वकपमा नेपालको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन्। गुलसन झा। तस्बिर : क्यान तर, दुवै क्षण विश्वव्यापी प्रशंसा पाएर पनि नेपालले विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन। दक्षिण अफ्रिकासँगको रोमाञ्चक खेलपश्चात् गत विश्वकपमा लय समात्न नसकेको नेपालले यसपटक इङ्ल्यान्डसँग राम्रो खेले पनि इटाली र वेस्ट इन्डिजसँग नराम्ररी पराजत भयो। आखिर विश्वकपमा नेपालको अवस्था बारम्बार किन यस्तो भइरहेको छ? यस विषयमा अलराउन्डर गुलसनकुमार झा भन्छन्, “इङ्ल्यान्डसँग एकदमै असाधारण क्रिकेट खेल्यौँ। त्यसपछि हाम्रो अपेक्षा उच्च भयो।” कहाँ चुक्यो नेपाल? विश्वकप खेल्न मुम्बई पुग्नुअघि नेपाली टोलीको लक्ष्य थियो, सुपर ८ मा प्रवेश गर्ने। यसका लागि उसले इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिजलाई हराउने लक्ष्य राखेको थियो। इटाली र स्कटल्यान्ड आफूजस्तै एसोसिएट राष्ट्र भएका कारण त्यसलाई कसैले असम्भव भनेनन्। तर, सन् २०१२ र २०१६ को विश्वविजेता वेस्ट इन्डिजविरुद्धको जितको लक्ष्य भने अति महत्त्वाकांक्षी थियो। गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले २-१ ले वेस्ट इन्डिजलाई हराएको थियो। त्यसैले होला, नेपाली खेलाडी वेस्ट इन्डिजलाई हराउने कुरामा आत्मविश्वासी देखिन्थे। यसमाथि पहिलो खेलमा दुईपल्टको विश्वविजेता इङ्ल्यान्डलाई कडा टक्कर दिएपछि त नेपाली खेलाडीको खुट्टा भुइँमा देखिएन। कप्तान रोहितकुमार पौडेलले विश्वकप अघि नै भनेका थिए, “मेरो पहिलो लक्ष्य इङ्ल्यान्डलाई हराउनु हुनेछ। यसपछि रणनीति बनाउँछौँ।” वेस्ट इन्डिजविरुद्धको आइतबारको खेलमा लोकेश बम (बायाँ) र दीपेन्द्रसिंह ऐरी। तस्बिर : नेपाल फोटो लाइब्रेरी उनले भनेजस्तै नेपालले इङ्ल्यान्डलाई पराजित नगरे पनि कडा टक्कर दिएको थियो। इङ्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएसँगै नेपालले दोस्रो खेल इटालीविरुद्ध खेल्यो। इटाली विश्वकपमा ‘डेब्यु’ गरिरहेको टिम थियो। कागजमा इटालीका खेलाडी कम अनुभवी देखिन्थे। तर, वास्तविकता सोचेजस्तो थिएन। इटाली टिममा विभिन्न फ्रेन्चाइज र युरोपेली लिगको अनुभव बटुलेका खेलाडी समावेश थिए, जो दबाबलाई राम्रोसँग सम्हाल्न जान्दथे। अन्तर्राष्ट्रिय क्रिकेटमा हार र जितबीच निकै सानो दूरी हुन्छ। एउटा गलत सट, मिसफिल्ड वा निर्णयमा हुने ढिलाइले खेलको दिशा परिवर्तन हुन्छ। नेपाली टोलीका मुख्य प्रशिक्षक अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट ल भन्छन्, “नेपालले रणनीतिक रूपमा तीन वटा गल्ती गर्‍यो। पहिलो, प्रतिद्वन्द्वीको खेलबारे राम्रो विश्लेषण गर्न सकेन। दोस्रो, हामीले ब्याटिङ क्रममा लचकता अपनाउन सकेनौँ। तेस्रो, दबाब बनाउने बेला फिल्डिङ र बलिङ परिवर्तन हुन सकेन।’ इङ्ल्यान्डजस्तो टिमसँग उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीको आत्मविश्वास उचाइमा पुग्नु स्वाभाविक थियो। तर, त्यही आत्मविश्वास अति-आत्मविश्वासमा बदलिँदा सानो कमजोरी पनि ठूलो बन्यो। अन्तर्राष्ट्रिय क्रिकेटमा हार र जितबीच निकै सानो दूरी हुन्छ। एउटा गलत सट, मिसफिल्ड वा निर्णयमा हुने ढिलाइले खेलको दिशा परिवर्तन हुन्छ। विश्वकप खेल्ने पहिलो टोली भए पनि इटाली कमजोर मानसिकता भएको टोली देखिएन। बरु उसले इतिहास रच्न आएको टोलीको जस्तो आत्मविश्वास प्रस्तुत गर्‍यो। त्यही आत्मविश्वासले आफूभन्दा वरीयतामा आठ स्थानमाथि रहेको नेपाललाई १० विकेटले पराजित गर्दै इतिहास रच्यो। कहिले सिक्ने? इङ्ल्यान्ड र इटालीविरुद्ध लगातार दुई खेलमा पराजय भोगे पनि नेपालको सुपर-८ मा पुग्ने लक्ष्य जीवितै थियो। त्यसका लागि आइतबार नेपालले जसरी पनि वेस्ट इन्डिजलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने बाध्यता थियो। तर, नेपाल नौ विकेटले पराजित भयो र प्रतियोगिताबाटै बाहिरियो। वेस्ट इन्डिज भने लगातार तीन खेल जितेर सुपर-८ मा प्रवेश गरेको छ। नेपालको हारको मुख्य कारण गत वर्ष सेप्टेम्बरमा नेपालविरुद्ध खेलेका अनुभवी बलर आकेल हुसेन र जासोन होल्डर रहे। होल्डरले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। उनले ओपनर आसिफ शेख, मध्यक्रमका आरिफ शेख तथा दीपेन्द्रसिंह ऐरी अनि तल्लोक्रमका करण केसीको विकेट लिए। वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै दीपेन्द्रसिंह ऐरी। तस्बिर : नेपाल फोटो लाइब्रेरी हुसेनले पनि समान चार ओभर बलिङ गर्दै ३० रन खर्चिएर कुशल भुर्तेलको महत्त्वपूर्ण विकेट झारे। दुवै बलरको संयमित र योजनाबद्ध बलिङले नेपालको ब्याटिङ लाइनअपलाई दबाबमा राख्यो। नेपाली टोलीलाई समस्यामा पार्ने मुख्य कारण रणनीतिक कमजोरी पनि देखियो। नेपाली टोलीलाई ओपनिङ साझेदारी निर्माण गर्न नदिन वेस्ट इन्डिजले इटालीको जस्तै स्पिन र तीव्र बलिङ आक्रमणलाई एकैपल्ट सुरुआतमै उतारेको थियो। यसमा पनि नेपाली ब्याट्सम्यानको ‘सट सेलेक्सन’ निकै खराब रह्यो। तथ्यांकमा हेर्दा नेपालको मध्यक्रम दबाबमा टिक्न सकेन। दीपेन्द्रबाहेक अन्यले योगदान गर्न सकेनन्। तल्लोक्रमका खेलाडीहरू दबाबका कारण रन निर्माणमा असफल रहे। नेपाली टोलीमा कुशल र आरिफसँगै रोहितकुमार पौडेल, लोकेश बल र गुलसनजस्ता नाम चलेका खेलाडी थिए। “सुरुआत दिन सकिएन भने लड्खडाउँछ। ब्याटिङमा दीपेन्द्रसिंह ऐरीका कारण राम्रो अवस्थामा पुग्यौँ। नभए स्थिति खराब थियो,” नेपाली युथ-१९ टोलीका प्रशिक्षक मञ्जित श्रेष्ठ बताउँछन्। नेपाली टोलीमा कुशल र आरिफसँगै रोहितकुमार पौडेल, लोकेश बल र गुलसनजस्ता नाम चलेका खेलाडी थिए। तर, यी खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। अझ, गत सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध अविजित ६८ रन प्रहार गरेका आसिफ यसपल्ट ११ रनबाट अगाडि बढेनन्। यी आशा गरिएका खेलाडीले आफ्नो अनुभव खन्याउन नसक्दा द्विपक्षीय शृंखलाजस्तो नेपालले प्रदर्शन गर्न सकेन। त्यसैले नेपालले २२ रन बनाउँदै जारी प्रतियोगितामा ब्याटिङ ‘पावर प्ले’ मा सबैभन्दा खराब कीर्तिमान बनायो। “इटालीविरुद्धको हारसँगै लय बिग्रिसकेको थियो। त्यस खेलमा पनि अनावश्यक विकेट दियौँ। वेस्ट इन्डिजसँग पनि कुशलबाहेक बाँकी खेलाडीले विकेट खेर फ्याँके। इङ्ल्यान्डविरुद्ध जस्तै ढुक्क भएर खेलेको भए जित्न सक्थ्यौँ,” मञ्जित भन्छन्।