ओलीलाई ईश्वर पोखरेलको काउन्टर- महाधिवेशनमा व्यापक बहस गर्छौँ - farakdhar.com
Source: FRDH
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रस्तावहरूमाथि व्यापक बहस हुने बताएका छन् । हालै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफू मात्र बोल्ने र अतिरिक्त छलफल नहुने संकेत दिएको प्रसंगलाई लक्षित गर्दै पोखरेलले महाधिवेशन बहसकै थलो बन्ने स्पष्ट संकेत दिएका हुन् । फेसबुकमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले २३ भदौपछि देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएकाले एमालेले आफ्ना निष्कर्ष अद्यावधिक गर्नुपर्ने बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधिहरूले जबजका सिद्धान्तअ...