Redirecting...

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा - www.hamrokhelkud.com

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच हुनेछ। एक खेल अघि इस्ट बंगाल ९ अंकसहित शीर्ष स्थानमा र एपिएफ ७ अंकसहित दोस्रो स्थानमा छ।इस्ट बंगालले सहज जित निकाल्नुअघि एपिएफले पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराएको थियो । पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। आज रश्मिकुमारी घिसिङको गोलमा एपिएफ विजयी भएको थियो। ५१ औं मिनेटमा रश्मिले गरेको गोल खेलको निर्णायक बन्यो । रेनुका नगरकोटेको‌ क्रसमा रश्मिले नजिकबाट हेड गरेकी हुन्। ६५ औं मिनेटमा रश्मिले गोलको अर्को मौका चुकाइन्‌। ओपनम‌ा प्रहार पोस्ट नजिकबाट बाहिर गएको थियो । ७० औं मिनेटमा रश्मिले अर्को प्रयास पनि खेर गएको थियो। The post इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा first appeared on हाम्रो खेलकुद.