Redirecting...

कांग्रेस विशेष महाधिवेशन : सभापति लड्ने भन्दै ४ जनाले लगे फाराम - corporatekhabar.com

कांग्रेस विशेष महाधिवेशन : सभापति लड्ने भन्दै ४ जनाले लगे फाराम - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ । साँझ साढे सात बजेसम्म मनोनयनको समय तोकिएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा उम्मेदवारी दिने भन्दै ४ जनाले फाराम लिएर गएका छन् । फाराम लैजानेको नाम, नम्बर केही टिपिएको छैन । निर्वाचन समितिले मनोनयन दर्ताको समयमा मात्रै सबै विवरण लिखित राखिने जनाएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ । The post कांग्रेस विशेष महाधिवेशन : सभापति लड्ने भन्दै ४ जनाले लगे फाराम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.