प्रि ओपन सेसनमा करिब साढे १ अंक घट्यो नेप्से - arthasanjal.com
Source: sanj
काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा १.४८ अंक घटेर २६२९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक घटेको छ। आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको १४८ पटकको कारोबारमा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँबराबरको ९० हजार ३५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।