कविता : मानिस बनौँ - sahityapost.com
Source: shpt
टुप्पोमै जन्मिएकाचिसा कुहिराहरूआफ्नै सन्तानकोघाँटी कसिरहेका छन् । उनीहरूका आँखामाफुल्न नपाएकासपनाहरूमाविष भरिदिन्छन् । फुल्न नपाउँदैथाकेका युवाआफ्नो भविष्य होइनअन्तिम यात्रा रोज्दै छन्साँझको घामझैँचुपचाप हराउँदै छन् । आजहिमाल र पहाड,देउराली र भञ्ज्याङमन्दिरमा उभिएरभगवान् खोजिरहेका छन्तरघर–समाजमैमानवता हराउँदै छ। जरामा विश्वासमाया र संवादकोमल हाल्न सकेको भएसायदयो मनभत्किने थिएन । तरप्रार्थनाका बिम्बहरूकाँचझैँ फुट्छन् । जबमनको मन्दिरभत्किन्छआस्थाको ढोकाबन्द हुन्छअनिएउटा जीवनसमाजकैलापरवाहीलेहार्छ । अबभगवान् खोज्नुअघिमानिस बनौँसुन्न जानौँसम्झन सिकौँ किनकिएक शब्दएक साथएक विश्वासलेकसैको जीवनबचाउन सक्छ।