Redirecting...

एमाले महाधिवेशनः प्यानलगत उम्मेदवारहरूको गलत प्रचार गर्ने एक जना पक्राउ - kendrabindu.com

एमाले महाधिवेशनः प्यानलगत उम्मेदवारहरूको गलत प्रचार गर्ने एक जना पक्राउ - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान भइरहँदा एक जना पक्राउ परेका छन् । प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरेको लिस्ट तयार गरी प्रचारप्रसार गरेको आरोपमा अछाम घर भएका शंकर सावद पक्राउ परेका हुन् । हाल उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।