Redirecting...

५० वर्षपछि फेरि ‘शोले’, नेपालका हलमा गब्बरको अनकट अन्त्य - www.sutranews.com

५० वर्षपछि फेरि ‘शोले’, नेपालका हलमा गब्बरको अनकट अन्त्य - www.sutranews.com
Source: sutr

काठमाडौं । बलिउड इतिहासकै सबैभन्दा आइकनिक फिल्म ‘शोले : द फाइनल कट’ आजबाट नेपालमा औपचारिक रूपमा प्रदर्शनमा आएको छ। वर्षौंको प्रतिक्षा, अन्यौल र चासोपछि अन्ततः गब्बर सिंहको आतंक नेपाली पर्दामा फर्किएको हो। ५० वर्षअघि सन् १९७५ मा रिलिज भएको ‘शोले’ को स्वर्णजयन्तीको अवसरमा भारतसहित विभिन्न देशमा पुनः प्रदर्शन गरिएको यो क्लासिक फिल्म मंगलबारदेखि नेपालका क्यूएफएक्स, आइएनआई, वान सिनेमाज, बिग मुभिज लगायतका मल्टिप्लेक्सहरूमा लागेको छ। नेपालमा यो फिल्म प्रदर्शन हुन्छ कि हुँदैन भन्ने विषयमा लामो समयसम्म अन्यौल थियो। तर अन्ततः कुबेर सिने डिस्ट्रीब्युसन ले नेपालमा प्रदर्शनको जिम्मा लिएपछि ‘शोले’ ले नेपाली दर्शकको ढोका ढकढक्याएको हो। ‘शोले : द फाइनल कट’ लाई आधुनिक डल्बी ५.१ साउन्ड र फोके प्रविधि प्रयोग गरेर पुनःनिर्माण गरिएको छ। नयाँ संस्करण पुरानोभन्दा करिब १० मिनेट लामो छ र यसको कुल अवधि २०९ मिनेट रहेको छ। सबैभन्दा ठूलो आकर्षण भनेको १९७५ मा सेन्सर बोर्डले हटाएको अन्त्य दृश्य र ठाकुरले गब्बर सिंहलाई मार्ने अनकट क्लाइमेक्स हो। त्यतिबेला अत्यधिक हिंसाको कारण उक्त दृश्य हटाएर गब्बरलाई प्रहरीले पक्राउ गरेको दृश्य राखिएको थियो। तर अब ५० वर्षपछि दर्शकले ‘शोले’ को वास्तविक अन्त्य हेर्न पाउनेछन्। निर्देशक रमेश सिप्पीको यो अमर कृतिमा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खान (गब्बर सिंह) को अभिनयले भारतीय सिनेमालाई नयाँ उचाइ दिएको थियो।