मधेसमा मुख्यमन्त्री नै ‘मुख्य विवाद’ - farakdhar.com
Source: FRDH
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेस प्रदेशका सात राजनीतिक दलहरूले आइतबार राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेस भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरू विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका हुन् । जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम् कार्यकर्ताहरू मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगा...