पूर्व-पश्चिम राजमार्गमा ट्रक र कार ठोक्किँदा एक वृद्धको मृत्यु, दुई घाइते - www.ukeraa.com
Source: uker
चन्द्रपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र विपरीत दिशाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो। …