ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता - meronews.com
Source: mnes
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन्। एमालेको भावी अध्यक्षका लागि पोखरेल र वर्तमान अध्यक्षमा केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुँदैछ। यसका लागिमतदान भोलि ताेकिएकाे छ ।