Redirecting...

बर्थ–डे केक काटिरहँदा पक्राउ परे गुण्डा नाइके चक्रे मिलन - www.sutranews.com

बर्थ–डे केक काटिरहँदा पक्राउ परे गुण्डा नाइके चक्रे मिलन - www.sutranews.com
Source: sutr

काठमाडौं । गुण्डा नाइकेको रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङ पक्राउ परेका छन् । बिहीबार राति ‘बर्थ–डे’ केक काटिरहँदा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाँसबारी रोडमा रहेको होटल साम्बालामा आफ्नो बर्थ–डे मनाइरहँदा उनीसहित ४८ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा पक्राउ गरेको हो । बिहीबार बिहानैदेखि उनीहरुको गतिविधि अराजक देखिएपछि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ । टिकटकमा उद्दण्ड दृश्य पोष्ट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । दुई दिनअघिबाटै जन्मदिन मनाइरहेका उनीहरुले बिहीबार दिउँसो उनी पशुपति क्षेत्र आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका थिए ।