‘शारदा’ मासिककाे हस्तलिपि कविता अङ्क लाेकार्पण - nagariknews.nagariknetwork.com
साहित्यकार विमल भाैकाजीकाे सम्पादनमा प्रकाशित ‘शारदा’ मासिककाे हस्तलिपि कविता अङ्ककाे लाेकार्पण भएकाे छ।राजधानीमा आयोजित एक विशेष कार्यक्रममा शारदाको हस्तलिपि अङ्क लोकार्पित भएको हो।सम्पादक भाैकाजीले ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ को साउन अङ्कला हस्तलिपि अंककाे रूपमा प्रकाशन सम्पादन गरेका हुन्।पुराना र नयाँ पुस्ताका ६८ कविको हस्तलिपि कविता अङ्कको उपस्थित कविहरूले सामुहिक रूपमा कृतिकाे लोकार्पण गरेका हुन्।कार्यक्रममा लाेकप्रिय साहित्यकार पुस्कर लोहनीले उनले नेपाली साहित्यको विकासमा शारदाको योगदानको चर्चा गरे। २०९१ सालको अन्त्यबाट निस्केको शारदाले नेपाली साहित्यमा भुल्न नसकिने योगदान गरेको बताए।कवि तथा निबन्धकार श्रीबाबु कार्कीले सञ्चालन गरेकाे कार्यक्रममा भागिरथी श्रेष्ठले मेरो मन र आँखाले बुझेको कवि विमल भौकाजी, उषा शेरचनले पैताला, गीता कार्कीले मैले कहिल्यै प्रश्न गरिनँ, सविता श्रेष्ठ बेहोसीले तिम्राे क्यानभासमा मेराे तस्वीर, रमि प्रियाले ऐनासँग, उषा केसीले परदेशी चेली, दुर्गा तिवारीले अबाेध विलय शीर्षक कविता वाचन गरेका थिए।