पेट्रोल र डिजेलको मूल्य बढ्यो - farakdhar.com
Source: FRDH
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टितेलमा तीन रूपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुनेछ । निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मूल्य समायोजन गरिएको जनाएको छ। नयाँ मूल्यअनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका क्षेत्रमा पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५४.५० रुपैयाँ, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १...