Redirecting...

४५ वर्षपछि फर्काइयो अमेरिका पुगेको पौभा चित्र [फोटो फिचर] - www.nepalclicks.com

४५ वर्षपछि फर्काइयो अमेरिका पुगेको पौभा चित्र [फोटो फिचर] - www.nepalclicks.com
Source: nplk

काठमाडौँ- ४५ वर्षअघि हराएको एक ऐतिहासिक पौभा चित्र अमेरिकाबाट नेपाल फर्किएको छ। न्युयोर्कस्थित विभिन्न संघसंस्थाहरूको पहलमा फर्काइएको यो चित्र हाल काठमाडौंको इतुंबहालस्थित पारावत महाविहारमा प्रदर्शनमा राखिएको छ। यस चित्रलाई एशियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ। यसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा उल्लेखनीय योगदान दिन्छ। पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए। पछि अमेरिकामा फर्किएपछि उनले सोही चित्र न्युयोर्कको संग्रहालयमा देखे र त्यसपछि नेपालसँग सम्पर्क सुरु गरेका थिए। अनुसन्धानको क्रममा उक्त चित्रकै पहिचान भएपछि नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको हो। हाल यो ऐतिहासिक चित्र १५ दिनसम्म इतुंबहालमा प्रदर्शनीका रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ। श्री भाष्करदेवद्वारा संस्कारित तथा केशचन्द्रद्वारा निर्मित पारावत महाविहार, इतुम्बहालमा—४५औँ वर्ष प्रवेशको अवसरमा अमेरिकाबाट ल्याइएका पौभा चित्रहरू नेपाल राष्ट्रिय संग्रहालयमा प्रदर्शनीका लागि राखिएका छन्। प्रदर्शित प्रमुख पौभा चित्रहरू: गगनसिंह भारोया – ५७५ वर्ष पुरानो पौभा चिन्तामणि लोकेश्वर – ३०० वर्ष पुरानो पौभा केशचन्द्र व भैरव – ३२१ वर्ष पुरानो संयुक्त पौभाचित्र तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी