नेतृत्व चयन गर्न आजदेखि काठमाडौँमा बन्दसत्र : एमाले - barnanmedia.com
Source: bnmm
नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आइतबार) देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि सञ्चालन गरिने भएको हो। अहिले बिहान ८ बजे बन्दसत्र सुरु गर्ने तयारी एमालेले गरेको छ।