कविता : रोइरहेको मुस्कान! - sahityapost.com
हाँसु भने ओठमा हाँसो छैनराेऔँ भने आँखामा आँसु छैन।एक मुठ्ठी मुस्कान ओठको लागिकहाँबाट ल्याऊँ ?एक अञ्जुली आँसु आँखाको लागिकहाँबाट ल्याऊँ ? आँसु झार्नु र मुस्कान छर्नु,यसको लागि खै !के काम गर्नु ?अँधेरी रातमा निद्रा खै कुन्नी कहाँ भाग्छ ?अन्धकारमा किन मन पटक–पटक थाक्छ ? तर कसले देखेको छ र पीडाको भुमरीमा,म रोएको ?आँसुको भेल बिर्सेर आफ्नै मनका पीडालेआँसुकै अनगिन्ती दाग धोएको ।कस्तो हो यो रोग ? खै ! कहाँ होला उपचार ?न शान्ति हुन्छ, न रमाइलो हुन्छ,यो हो कस्तो अत्याचार। अदृश्य व्यथा आँखै अगाडि लुकेको छ,हुँदो हो असह्य पीडा,भन्दैन त्यो मन दुखेको छ।यहाँ जिन्दगी नै सुकेको छ,अनि हाँसो र आँसु लुकेको छ। जिन्दगी एउटा बुझ्न नसकिने चलचित्र बनेको छ,“सत्य हाँसोलाई लुकाएर झुटो हाँसोमा रमाउनु परेको छ।”हकिकत वचनलाई मेटेर बनावटी शब्दमाविश्वास दिलाउनु परेको छ ।यो कस्तो जुनी हो ?मौलिकताको दुनियाँबाट तानेर जाली,सृजनात्मक संसारमा जीवन चलाउनु परेको छ।। The post कविता : रोइरहेको मुस्कान! appeared first on साहित्यपोस्ट.