सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? - farakdhar.com
Source: FRDH
नेपाली बजारमा शुक्रबार सुन-चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सय रुपैयाँमा झरेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेर १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको...