Redirecting...

सरकारविरुद्ध ढुंगाना नेतृत्वको जेनजी समूह सत्याग्रहको तयारीमा - nagariknews.nagariknetwork.com

सरकारविरुद्ध ढुंगाना नेतृत्वको जेनजी समूह सत्याग्रहको तयारीमा - nagariknews.nagariknetwork.com
Source: ngrk

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै आएको मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सत्याग्रह गर्ने भएको छ। सिंहदरबार र बालुवाटार प्रवेश गर्नसमेत आफूहरुलाई रोक लगाइनु आपत्तिजन रहेकाले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको ढुंगाना सामूह सत्याग्रहमा जान लागेको हो। भ्रष्टाचार नियन्त्रणलगायतका माग पूरा गर्नेतर्फ कुनै पहल नगर्नु आश्चर्यजनक रहेको बताउँदै उक्त समूहले यहीँ साताभित्र सत्याग्रह सुरु गर्ने तयारी गरेको हो। उनीहरुको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नेतृत्व राष्ट्र र राष्ट्रियता बचाउ अभियानले पनि साथ दिने बताइएको छ। यद्यपि यसमा प्रसाईंको आधिकारिक धारण भने आउन बाँकी छ। प्रसाईं समूहले भनेगत भदौं ७ गते सरकारसँग सहमति गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो। ढुंगाना समूहले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन पनि सम्भव नभएको बताउँदै आएको छ।