उन्नत एआई कम्प्युटर चिप बिक्रीको १५ प्रतिशत कर अमेरिकी सरकारलाई तिर्न एनभिडिया र एएमडी सहमत - technologykhabar.com
एनभिडिया र एएमडीले एनभिडियाको एच२० जस्ता चिनियाँ बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगका लागि बनाइने उन्नत कम्प्युटर चिप बेच्दा हुने आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई दिन सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत अप्रिलमा चीनमा एच२० चिपको बिक्री रोकिदिएको थियो। तर, गत महिना एनभिडियाले अमेरिकी अनुमति पाएर पुनः बिक्री सुरु गर्ने योजना बनाएको र चाँडै डेलिभरी सुरु हुने आशा व्यक्त गरेको थियो। अर्का अमेरिकी अधिकारीका अनुसार वाणिज्य विभागले गत शुक्रबारदेखि चीनमा एच२० चिप बिक्रीका लागि अनुमति पत्र (लाइसन्स) दिन सुरु गरेको छ। एनभिडियालाई १५ प्रतिशत राजस्व तिर्ने सहमति भए–नभएकोबारे सोध्दा, कम्पनीका प्रवक्ताले “हामी विश्वबजारमा सहभागिताका लागि अमेरिकी सरकारले तोकेको नियम पालना गर्छौं” भन्ने प्रतिक्रिया दिएका छन्। उनले थपे, “हामीले महिनौँदेखि चीनमा एच२० पठाएका छैनौं, तर निर्यात नियन्त्रण नियमले अमेरिकालाई चीनमा र विश्वबजारमा प्रतिस्पर्धा गर्न दिने अपेक्षा राख्छौं।” The post उन्नत एआई कम्प्युटर चिप बिक्रीको १५ प्रतिशत कर अमेरिकी सरकारलाई तिर्न एनभिडिया र एएमडी सहमत appeared first on Technology Khabar.