शोधनान्तर बचत तीन खर्ब १८ अर्ब - www.nepalclicks.com
Source: nplk
काठमाडौं। मुलुकको शोधनान्तर स्थिति तीन खर्ब १८ अर्ब ४० करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँ बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोड बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।