सवारी दुर्घटनामा सात जनाको मृत्यु - www.nepaliheadline.com
काठमाडौं- काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३-०१-००६ ख १६५६ नम्बरको टिपरले बा.प्र ०२-०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका-९ घर भएका ३० वर्षीय अनिल तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा ना.८ ख ३९७५ नम्बरको डिब्बा गाडीले प्रदेश ३-०२-१४ प ९६६३ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर, भक्तपुर नगरपालिका-७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकारको मृत्यु भएको छ । दुर्घटनाम गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० बगुवास्थित सडकमा ना.६ त ८४१९ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने शेर बहादुर नेपालीको छोरा १३ वर्षीय रोशन नेपालीको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवलपुर प्राथामिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । कैलाली गोदावरी नगरपालिका-९ मझ्गाउँस्थित सडकमा सु.प.प्र.०१-०१३ प ०३११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-३ चौमाला बस्ने ३५ वर्षीय ठक्कर चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सर्लाही कविलासी नगरपालिका-६ मदनपुर बजारस्थित सडकमा ज.१ त ६२०३ नम्बरको ट्याक्टरमा बा. ४७ प ९८९२ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका-५ महोनपुर बस्ने ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि ट्रामा सेन्टर काठमाडौंतर्फ पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दाङ घोराही उपमहानगरपालिका-१५ तुलसीपुर चोकस्थित सडकमा रा.८ प ३८४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-७ बस्ने ३५ पूर्ण बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । काभ्रे बनेपा नगरपालिका-९ निष्ट कलेजस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ नयाँबस्ती डेरा गरी बस्ने चितवन घर भएकी ४० वर्षीया अप्सरा रायमाझीको बिहीबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।