Redirecting...

आइजिपी रनिङ ट्रफी फुटबल सुरु - www.hamrokhelkud.com

आइजिपी रनिङ ट्रफी फुटबल सुरु - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ आज सुरु भएको छ। नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकले‌ आयोजना गरेको प्रतियोगिताको पहिलो दिनको पहिलो खेल बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय विजयी भएको छ। आयोजक नेपाल पुलिस स्कुल साँगा (रातो) र पिस प्वाइन्ट स्कुल बानेश्वर बीच आज भएको उद्‍घाटन खेल गोलरहित बराबरीमा सकिएको थियो। पिस प्वाइन्टका कोन्जाक‌ लामा खेलको प्लेयर अफ दि म्याच घोषित भएका थिए। भक्तपुरको‌ सैनिक महाविद्यालयले नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई २-० ले हराएको थियो। इशान तामाङ र निरज अधिकारीको गोलमा सैनिक महाविद्यालय विजयी भएको थियो। विजयी टोलीका निशान प्लेयर अफ दि म्याच घोषित भएका थिए। प्रतियोगितामा आयोजकका रातो र निलो , नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलिले उपाधिसहित ६० , दोस्रोले ४० र र तेस्रो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ। र त्यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्‍घाटन गरेका थिए ।The post आइजिपी रनिङ ट्रफी फुटबल सुरु first appeared on हाम्रो खेलकुद.