लता के.सी. ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार–२०८२’ बाट सम्मानित - sahityapost.com
बनेपा । शब्दयात्रा प्रकाशनले स्रष्टा लता के.सी.लाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार–२०८२’ बाट सम्मान गरेको छ। लघुकथाकार अम्बिका धितालद्वारा आफ्ना पितामाताको स्मृति र सम्मानमा स्थापना गरिएको उक्त पुरस्कार शब्दयात्रा प्रकाशनले पहिलोपटक मंसिर २७ गते शनिबार बनेपास्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित ‘कदरपत्र, विद्वतवृत्ति तथा छात्रवृत्ति समर्पण समारोह’का अवसरमा प्रदान गरिएको हो। सभाध्यक्ष कृष्णमणि कुइकेलले स्रष्टा के.सी.लाई पुष्पमाला अर्पण गर्नुभएको थियो भने निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले नगद पाँच हजार पाँच रुपैयाँ र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो। शिव वञ्जाराले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रदान गरिएको अभिवन्दनापत्रमा समारोहमा सहभागी सम्पूर्ण उपस्थितिहरूका तर्फबाट पुरस्कृत व्यक्तित्व लता के.सी.को वाङ्मयिक कीर्तिपताका निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित देवीदेवता तथा पितृहरूसँग प्रार्थना गरिएको उल्लेख गरिएको छ। The post लता के.सी. ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार–२०८२’ बाट सम्मानित appeared first on साहित्यपोस्ट.