उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप - kendrabindu.com
Source: kend
काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगको थप २० दिन म्याद थपेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो। उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ। अब प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो।