बसन्तपुरमा मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्विरहरु) - www.onlinepana.com
Source: onpa
काठमाडाैं । आज पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाईएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर ¥याली समेत गरेको छ । यस वर्ष ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । तस्विरहरु: तस्विर: नेपाल न्यूज बैंक The post बसन्तपुरमा मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्विरहरु) appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).