Redirecting...

व्यावसायिक शिक्षाका लागि रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै - ehimalayatimes.com

व्यावसायिक शिक्षाका लागि रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै - ehimalayatimes.com
Source: hmlt

स्याङ्जा । यही माघ २६ बाट स्याङ्जा पुतलीबजार वडा नं १३ को रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ सुरु हुने भएको छ । सीपमूलक तथा व्यावसायिक शिक्षा प्रारम्भ गर्ने लक्ष्यसहित विद्यालयले माघ २६ गतेदेखि फागुन ४ गतेसम्म एक हप्ते महायज्ञ गर्ने भएको हाे । कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा करिब ८० जना विद्यार्थीहरुले अध्ययन गर्नुहुन्छ । विद्यालयको भौतिक स्थिति राम्रो नहुँदा हाल भवनको अभाव भएको तथा व्यावसायिक शिक्षा सुरु गर्न पैसा चाहिने भएपछि विद्यालयले महायज्ञ आयोजना गर्न लागेको हो । विद्यालयको आर्थिक स्थिति सुधार्ने उद्देश्य राखेर महायज्ञ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनारायण सुबेदीले बताउनुभयो । महायज्ञमा वाचन प्रविण पं दिनबन्धु पोख्रेल एवम् १०१ टेक्निकल कलेजका सङ्कल्पकर्ता ध्रुवशरण बस्यालको विशेष सान्निध्यमा सम्पन्न हुन गइरहेको उक्त महायज्ञमा करिब ४ करोड सङ्कलन गर्ने लक्ष्य लिइएको प्रधानाध्यापक सूर्यकान्त रेग्मीले बताउनुभयो । पूर्व विद्यार्थीहरुको सन्जाल बनाइ सबैलाई एकताबद्ध गर्दै महायज्ञबाट उठेको रकमले विद्यालयको भौतिक तथा शैक्षणिक पक्षमा सुधार ल्याउने अपेक्षा गरिएको पूर्व विद्यार्थी समिति संयोजक एवम् शिक्षक माया गोदारले बताउनुभयो । हाल विभिन्न १८ वटा समितिहरु बनाई महायज्ञको तयारी गरिएको शिक्षक गोदारले बताउनुभयो ।