Redirecting...

दशैंपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट - www.onlinepana.com

दशैंपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट - www.onlinepana.com
Source: onpa

काठमाडौं । दशैं बिदापछिको पहिलो सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४ को विन्दूमा कायम भएको छ । आज १६ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्द धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् । The post दशैंपछिको पहिलो सेयर कारोबारमै भारी गिरावट appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).