Redirecting...

एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन: सुनिल शर्मा - corporatekhabar.com

एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन: सुनिल शर्मा - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. सुनिल कुमार शर्माले एकताका नाममा कारबाही गर्ने र पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास अस्वीकार्य हुने बताएका छन् । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट पत्रकार सम्मेलन गर्दै नेता शर्माले सबै नेता र कार्यकर्तालाई संयमित हुन आग्रह गर्दै संस्थापन पक्षले कारबाहीको प्रयास गरेमा त्यो अस्वीकार्य हुने चेतावनी दिएका छन् । उनले कारवाही गर्नेतर्फ संस्थापन पक्षमा गएमा कार्यकर्ताहरू जुर्मुराउनुपर्ने बताएका छन् । उनले भनेका छन्– ’एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ । यस्तो अवस्था आयो भने जिम्मेवार कार्यकर्ताहरू जुर्मुराउनुपर्छ र त्यो निकास अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ । कांग्रेस संकटमा परे देश संकटमा पर्छ। त्यसैले सबै नेता कार्यकर्तालाई उच्च जिम्मेवारी र संयमका साथ अघि बढ्न आह्वान गर्दछु ।’ त्यस्तै संस्थापन पक्ष नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधर पनि एक कदम पछि हट्नुपर्ने धारणा राखेका छन् । नेता शर्माले देशभरबाट आएका नेता कार्यकर्तालाई लामो समयसम्म काठमाडौँमा राख्न नहुने भन्दा आज वार्ता समाधान गरेर फिर्ता पठाउनु पर्ने बताए । उनले संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार गरेर अगाडी बढ्नुपर्ने बताए । उनले संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए । The post एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन: सुनिल शर्मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.