Redirecting...

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै - ehimalayatimes.com

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै - ehimalayatimes.com
Source: hmlt

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने बैठकमा आगामी निर्वाचन र संगठन विस्तारसम्बन्धी विविध एजेन्डामा छलफल हुने जनाइएको छ। बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार र पार्टी समायोजन उपसमिति विस्तारजस्ता विषयमा छलफल हुनेछ, रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। साथै, बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनजस्ता विषय पनि कार्यसूचीमा समावेश छन्।