Redirecting...

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आम्दानी बढेसँगै घाटामा कमी, कस्ता छन् अन्य सूचक ? - www.onlinepana.com

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आम्दानी बढेसँगै घाटामा कमी, कस्ता छन् अन्य सूचक ? - www.onlinepana.com
Source: onpa

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै घाटामा कमी आएको छ । कम्पनीले गत गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड १६ लाख घाटा व्यहोरेको थियो । यस्तै समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.११ प्रतिशत बढेर १२ करोड ३ लाख ६८ हजार पुगेको छ भने कुल नाफा ७.२९ प्रतिशत बढेर ९ करोड ७१ लाख २४ हजार पुगेको छ। यस्तै यस अवधिमा कम्पनीको अन्य आम्दानी ८३३.७५ प्रतिशत बढेर १२ करोड ४६ लाख ५५ हजार छ भने वित्तीय खर्च २६.८२ प्रतिशत घटेर ६ करोड ७८ लाख ८३ हजारमा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा रहेको छ । ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक छ । The post मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आम्दानी बढेसँगै घाटामा कमी, कस्ता छन् अन्य सूचक ? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).