साहित्यकार उर्मिला घिसिङको निधन - sahityapost.com
दार्जिलिङ । दार्जिलिङ निवासी नेपाली साहित्यकी स्रष्टा उर्मिला घिसिङको निधन भएको छ। हिजाे अगस्ट ६ तारिखकाे ६:५० बजे उहाँकाे देहान्त भएकाे समाचार दार्जिलिङ टक्स अनलाइमा सार्वजिनक भएकाे छ । ७७ वर्षीया घिसिङको जन्म ८ जुलाई १९४८ मा मिरिकको सौरेनी चियाकमानमा भएको थियो। विद्यार्थी जीवनदेखि नै साहित्यिक अभिरुचि बोक्नुभएकाे उहाँले जीवनभर कविता, निबन्ध, एकांकी लगायतका विविध विधामा कलम चलाउनुभयाे । उहाँका प्रमुख कृति ‘उच्छवास’, ‘घाम डुब्न लाग्दा’ र ‘विम्बदृष्टि’ गरी तीनवटा कविता सङ्ग्रह, ‘मृगतृष्णा’ एकांकी सङ्ग्रह र ‘केही व्यक्ति केही अभिव्यक्ति’ शीर्षक निबन्ध सङ्ग्रह प्रकाशित छन्। सरल भाषाशैली, गहिरो अनुभूति र जीवनका सूक्ष्म पक्षहरू समेट्न सिपालु घिसिङको लेखनले नेपाली साहित्यमा विशेष स्थान बनाएको थियो। दीर्घकालीन साहित्य सेवा गरेबापत उहाँ थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित भइसक्नुभएकाे थियाे । उहाँको निधनले नेपाली साहित्यिक परिवेशमा अपूरणीय क्षति पुगेको छ। साहित्यकार उर्मिला घिसिङप्रति श्रद्धाञ्जली शोकाकुल परिवारजनमा गहिरो समवेदना । The post साहित्यकार उर्मिला घिसिङको निधन appeared first on साहित्यपोस्ट.