यी चर्चित अभिनेत्री घरमै मृत भेटिइन्, लामो समयसम्म घटना लुकाइएको थियो - www.sutranews.com
Source: sutr
एजेन्सी । कोरियन मनोरञ्जन क्षेत्रकी लोकप्रिय अभिनेत्री ली मिनको ४३ वर्षको उमेरमा निधन भएको पुष्टि भएको छ। उनको निधनको खबर केही दिनसम्म गोप्य राखिएको थियो र उनका म्यानेजरले सामाजिक सञ्जालमार्फत एक आधिकारिक बयान जारी गरेपछि मात्र यो समाचार सार्वजनिक भएको हो। यस खबरले उनका प्रशंसकहरू र कोरियन मनोरञ्जन क्षेत्रलाई निकै स्तब्ध बनाएको छ। ली मिनको जून २० तारिखमा निधन भएको बताइएको छ। उनी आफ्नै घरमा मृत भेटिएकी हुन्। तर, अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको थिएन। तर यो घटनासँग सम्बन्धित धेरै प्रश्नहरू अझै अनुत्तरित छन्। उनको मृत्युको खबर यति लामो समयसम्म किन लुकाइएको थियो ? हाल प्रहरीले अनुसन्धान गरिरहेको छ। ली मिनको मृत्युको पुष्टि उनको मिडिया एजेन्सीले गरेको छ।