सिरियाको सङ्क्रमणकाल : एक वर्षपछि पनि अनिश्चितता - farakdhar.com
Source: FRDH
सिरियामा ईस्लामिक नेतृत्वको सैन्य गठबन्धनले बशर अल–असदलाई सत्ता हटाएको एक वर्ष बितिसक्दा पनि देश अपेक्षित दिशामा अघि बढ्न सकेको छैन । संक्रमणकालीन संरचनाले शासन, न्यायिक प्रक्रिया र सार्वजनिक प्रशासन सुधार गर्ने प्रयास गरिरहेको दाबी गरे पनि नागरिकले परिवर्तनपछिको महसुस गर्न नसकेका हुन् । संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय जाँचबुझ आयोगले आइतबार प्रकाशित गरेको प्रतिवेदनले सिरियाको संक्रमण अवस्था नाजुक रहेको उल्लेख गर्दै विगतका दशकमा भएका अपराध र दुर्व्यवहार सम्बोधन गर्न राज्यले चालेका प्रारम्भिक कदमलाई स्वागत गरेको छ...