रास्वपा झापा-५ का क्षेत्रीय परिषद् सदस्य खनालले गरे एमाले प्रवेश - bishwokhabar.com
Source: bsbk
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नम्बर-५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेकपा ९एमाले० मा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा-५ मा रास्वपाको संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खनालले पार्टी परित्याग गरी एमाले रोजेका हुन्। नवप्रवेशी खनाललाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।